Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिहिमाली र पहाडी क्षेत्रमा आज फागु पूर्णिमा मनाइँदै

हिमाली र पहाडी क्षेत्रमा आज फागु पूर्णिमा मनाइँदै

विराटचोकः आज देशका हिमाली र पहाडी क्षेत्रमा विभिन्न किसिमका रङ एकआपसमा दलेर फागु पूर्णिमा मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागुलाई लिइन्छ ।

फागु पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। चीरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।

फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व भोलि मनाइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments