गोठगाउँः नेकपा माओवादी केन्द्र सुन्दरहरैंचा ७ वडा कमिटी अध्यक्षमा रमेश आचार्य चयन हुनुभएको छ । आज भएको वडा कमिटीको विशेष अधिवेशनले कार्यवाहक अध्यक्ष आचार्यको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा मनकुमारी विश्वकर्मा, सचिवमा आशिष लिम्बू, सहसचिवमा सुजन बास्तोला चयन भएका छन् । सदस्यहरुमा विष्णु सुनुवार, चन्द्र मगर, उत्सव रिजाल, रामचन्द्र बिक, उर्मिला लिम्बू, दिलु लिम्बू, होमनाथ तिम्सिना, चन्द्र बिक, ओम धमला, कमला बिक, इन्दिरा भुजेल, मीना विश्वकर्मा, गोपाल विश्वकर्मा, सीता चौलागाईँ, खोजबहादुर बरदेवा, भोलाराम अधिकारी (खत्री), मनमती दियालीलगायत छन् ।
यसअघि पुस २१ गते भएको वडाको अधिवेशनले मिलन लुइँटेललाई पुनः वडा कमिटी अध्यक्षमा चयन गरेको थियो । तर त्यसको महिना दिनपछि नै माघ २५ गते लुइँटेलसहित ३० जनाले माओवादी पार्टी परित्याग गरेका थिए । लुइँटेलले पार्टी परित्याग गरेपछि सचिव आचार्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो । पार्टी परित्याग गरेका लुइँटेलसहितका केही नेता, कार्यकर्ता हिजो नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।