Wednesday, December 25, 2024
Homeफिचरप्राज्ञिक विद्यार्थी परिषद् कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद् कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न

दमकः प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन शनिबार झापाको दमकमा सम्पन्न भएको छ । अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित गरेको छ ।

सचिवमा जितेन लोहार (धनकुटा), उपाध्यक्षमा इन्द्र रावत (भोजपुर), फुरी शेर्पा (सोलुखुम्बु), रत्न श्रेष्ठ (धनकुटा) र युवराज गुरागाईँ (इलाम) निर्वाचित हुनुभएको छ ।

सह–सचिवमा मुना विष्ट (सुनसरी), नरेश ताजपुरीया (मोरङ), प्रविना राई (ओखलढुङ्गा) र कृष्ण गिरी (भोजपुर) निर्वाचित हुनुभएको छ ।

कोशी प्रदेश छात्रा प्रमुखमा पूजा ढुङ्गाना (तेह्रथुम), सह–छात्रा प्रमुखमा जयन्ती पाख्रिन (सुनसरी), जनजाति कार्य प्रमुखमा नगेश कुलुङ राई (सङ्खुवासभा), व्यवस्था प्रमुखमा मनिप ओझा (मोरङ), मिडिया प्रमुखमा मोहन ढकाल (भोजपुर) निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा मोरङका अभिषेक पोखरेल, भावना गुरुङ र मौसम राई, भोजपुरकी मनिता ढकाल, ओखलढुङ्गाकी लीला गौतम, धनकुटाका चन्द्रकुमार कार्की, सोलुखुम्बुका जनक रसाइली, सुनसरीका सुरेन्द्र मेहता र निरोज ठाकुर तथा सङ्खुवासभाका सन्देश राई निर्वाचित हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments