काठमाडौंः नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी बैशाख २१ गते लुम्बिनीमा हुने भएको छ ।
महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।
महासंघका महासचिव रोशन पुरीका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशन चैत मसान्तसम्ममा सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।