काठमाडौंः देशभक्तिपूर्ण भावको चलचित्र प्रदर्शनमा हल सञ्चालकले असहयोग गरेको भन्दै आजदेखि देशभर चलचित्र काँडेतारको प्रदर्शन बन्द गर्ने निर्णय गरिएको छ ।
सो चलचित्रका निर्माता तथा निर्देशक नवल खड्काले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गर्नुभएको हो । खड्काले आफू निर्देशित फिल्म ‘काँडेतार’लाई फागुन २५ गते एकल प्रदर्शन गर्न दिन भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिनुभएको थियो । तर सोही मितिमा ‘काँडेतार’सहित ‘उपहार’ र ‘रंगेली’ पनि रिलिज भएका थिए ।
काँडेतारले सीमा अतिक्रमणको मुद्दा उठाएको छ । चलचित्रले नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने सन्देश दिएको छ ।