Tuesday, December 24, 2024
Homeफिचरसोमबार ६ मिनेटमा ६ प्रतिशत बढ्यो शेयर बजार

सोमबार ६ मिनेटमा ६ प्रतिशत बढ्यो शेयर बजार

विराटचोकः सत्ता गठबन्धन परिवर्तन हुनासाथ सोमबार जम्मा ६ मिनेट भएको कारोबारमा शेयर बजार ६ प्रतिशतले बढेपछि दिनभरका लागि कारोबार बन्द हुन पुग्यो ।

कारोबार शुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेट कारोबार बन्द हुने हुनाले त्यसको २० मिनेटपछि खुलेको कारोबार पनि पुनः १ मिनेटमै थप १ प्रतिशत बढेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि खुलेको बजारमा पनि २ मिनेट नबित्दै थप १ प्रतिशतको वृद्धि भएपछि शेयर बजार १२ बजेर ६ मिनेट जाँदा नै बन्द भएको थियो ।

सोमबार बजार ११७ दशमलव ७० अंक बढेर नेप्से सूचक २०७८ को बिन्दुमा अडिएको छ ।

३२ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबारमा आएका २३२ कम्पनीमध्ये २ वटा कम्पनीको मात्रै शेयर भाउ घटेको थियो । ३७ करोड ५२ लाख ९ हजार ९७८ रुपैयाँको शेयर कारोबार भएको बजारमा ३ हजार ८६३ पटकमा ९ लाख ३४ हजार ९१९ कित्ता शेयर किनबेच भएका थिए ।

जलविद्युत उपसमूह ८ प्रतिशतले बढेको छ । बैंकिङ समूह ५ दशमलव ९ प्रतिशत, विकास बैंक ६ दशमलव ४ प्रतिशत, फाइनान्स समूह ६ दशमलव १ प्रतिशत, होटल तथा पर्यटन समूह ५ दशमलव ५ प्रतिशत, हाइड्रोपावर ७ दशमलव ८ प्रतिशत, अन्य ६ दशमलव ७ प्रतिशत, लगानी ६ दशमलव ४ प्रतिशत, जीवन बीमा ६ दशमलव ३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ५ दशमलव १ प्रतिशत, निर्जीवन बीमा ४ दशमलव ३ प्रतिशत, व्यापार समूह ३ दशमलव ६ प्रतिशत र लघुवित्त समूह ३ प्रतिशत बढे ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, मोलुङ हाइड्रोपावर, ङादी ग्रुप उच्च कारोबार गर्ने कम्पनीमा परे ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ६६ अर्ब ३४ करोड ९२ लाख ८२ हजार ४०२ रुपैयाँ कायम भएको छ ।

यसअघि मंसिर २४ गते पनि बजार खुलेको केही मिनेटमै ६ प्रतिशतले शेयर बजार सूचक मापक नेप्से इण्डेक्स बढेको थियो ।

सम्बन्धित समाचारः

९ मिनेट मात्रै शेयर कारोबार, तीन सर्किट लागेपछि १२ बजे नै कारोबार बन्द

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments