काठमाडौंः अप्रत्याशित रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले बहालवाला सबै मन्त्री बर्खास्त गरीसबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् ।
आज बिहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता सहकार्यको सहमति भएपछि प्रधानमन्त्रीले बहालवाला सबै मन्त्री बर्खास्त गरेका हुन् । नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई प्रचण्डले मन्त्री नियुक्त गरेका छन् । यद्यपि उनीहरुलाई कुनै जिम्मेवारी भने तोकिएको छैन ।
उनीहरुले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।