Tuesday, December 24, 2024
Homeअर्थशेयर९ मिनेट मात्रै शेयर कारोबार, तीन सर्किट लागेपछि १२ बजे नै कारोबार...

९ मिनेट मात्रै शेयर कारोबार, तीन सर्किट लागेपछि १२ बजे नै कारोबार बन्द

विराटचोकः नेपालको शेयर बजारमा नियमित समयमा आज जम्मा ९ मिनेटमात्रै शेयर कारोबार भएको छ । प्रि ओपन सेसनमा बजार हेर्न नपाइने हुनाले सो समय जोडिएको छैन ।

बिहान ११ बजे खुलेको बजार पाँचाँै मिनेटमा ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि बन्द भएको थियो । ११ बजेर २५ मिनेटमा खुलेको बजार २ मिनेटमै थप १ प्रतिशत बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो । त्यसपछि १२ बजेर ७ मिनेट जाँदा खुलेको बजार २ मिनेटमा नै थप १ प्रतिशत गरी जम्मा ६ प्रतिशत बढेपछि आजका लागि कारोबार बन्द भएको थियो । यसरी जम्मा ९ मिनेटमात्रै आज कारोबार भएको थियो ।

आजको बजारलाई गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले प्रभाव पारेको हो । शुक्रबार राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति सार्वजनिक गरेको थियो ।

आज नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २१.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.४६ अंक बढेको छ ।

जम्मा २४४ स्टकको ७ हजार १४ पटकको कारोबारमा १३ लाख ६७ हजार ६ सय १५ कित्ता शेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार २ सय ३९ रुपैयाँको शेयर किनबेच भएको छ ।

१ दर्जन कम्पनीको शेयरको मूल्य १० प्रतिशत र २ दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको ५ वटा कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । दुई वटाको शेयरमूल्य भने स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा आज माउन्टेन इनर्जीको सबैभन्दा धेरै ३ करोड ५८ लाख २५ हजार ८ सय ३३ रुपैयाँको शेयर किनबेच भएको छ । १३ वटै उपसमूहको परिसूचक बढेको बजारमा जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ८ दशमलव ६३ प्रतिशत बढेको छ । यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३० खर्ब २८ अर्ब २६ करोड ५५ लाख १३ हजार ७६ रुपैयाँ कायम भएको छ ।

आज उपकार लघुवित्तको ०।४२ प्रतिशतले र कालिका लघुवित्तको ०।०५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments