विराटनगरः मोरङ जिल्लास्तरीय अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका २१ स्वर्णसहित पहिलो भएको छ । प्रतियोगितामा विराटनगर महानगरपालिका दोस्रो र बेलबारी नगरपालिका तेस्रो भएका छन् ।
मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतबार मिक्लाजुङ गाउँपालिकामा सम्पन्न भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन खेलमा सुन्दरहरैँचाले २१ स्वर्ण, १९ रजत र ७ कास्य जित्यो । विराटनगर महानगरपालिकाले २१ स्वर्ण, ९ रजत र १८ कास्य तथा बेलबारीले १० स्वर्ण, ५ रजत र ८ कास्य पदक हासिल गरे ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।