Tuesday, December 24, 2024
Homeफिचरएमालेको जिल्ला स्तरीय प्रशिक्षण लेटाङमा शुरु

एमालेको जिल्ला स्तरीय प्रशिक्षण लेटाङमा शुरु

लेटाङः बुधबारदेखि नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मोरङको आयोजनामा लेटाङमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम शुरु भएको छ । प्रशिक्षणमा नेकपा एमालेको जनवर्गीय संगठनका मोरङमा रहेका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु सहभागी छन् । प्रशिक्षण आज सकिँदैछ ।

आवासीय प्रशिक्षण कार्यक्रम पार्टी, जनप्रतिनिधि र जनसंगठनबीचको अन्तरसम्बन्ध र माक्र्सवादको विषय केन्द्रित रहेको बताइएको छ । पार्टीका जनवर्गीय संगठनहरुलाई सक्रिय र मजबुत बनाएर सुदृढ नेतृत्व तयार पार्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मोरङका संयोजक रविन थापाको भनाइ छ । प्रशिक्षणमा पार्टीको तत्कालीन कार्यभार, दीर्घकालीन कार्यभार र आगामी कार्यदिशा बारे पनि प्रशिक्षण प्रदान गरिने भएको छ ।

सो प्रशिक्षण दार्शनिक सैद्धान्तिक, राजनीतिक समसामयिक, र प्राविधिक गरी ३ वटा विषयमा केन्द्रित रहेको बताइएको छ ।

प्रशिक्षणमा करीब २ सय जना सहभागी छन् । एमालेका २३ वटा जनवर्गीय संगठनका मोरङमा रहेका केन्द्र, प्रदेश र जिल्लाका नेताहरुलाई बेग्लाबेग्लै राखेर ३ वटा कक्षामा प्रशिक्षण दिइएको छ ।

बुधबार नेताहरु हिक्मत कार्की, भानुभक्त ढकाल, विन्दा पाण्डे, घनश्याम खतिवडा, ऋषिकेश पोखरेल र सोमराज थापाले प्रशिक्षण दिनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments