Tuesday, December 24, 2024
Homeअर्थलेटाङले शुरु गर्याे पहाडी क्षेत्रका वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

लेटाङले शुरु गर्याे पहाडी क्षेत्रका वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

लेटाङः सेवाग्राहीको सहजताका लागि लेटाङ नगरपालिकाले नगरका पहाडी वडामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

जसअन्तर्गत पूर्ण रुपमा पहाडी भूगोल भएको वडा नम्बर ७ का सेवाग्राहीलाई वारांगीस्थित वडा कार्यालयबाट भत्ता वितरण गरिएको छ । नगर प्रमुख भुपेन्द्रकुमार लावतीका अनुसार यसअघि लेटाङ बजारस्थित एसआइसी एशिया बैंकमा भत्ता लिन जाँदा २ दिनसम्म लाग्ने गरेको र यातायात, खाना र खाजा खर्च धेरै हुने गरेकोमा त्यसको बचत भएको छ ।

जनप्रतिनिधिले चुनावमा गरेको वाचा पूरा गर्ने क्रममा सो काम शुरु गरिएको उहाँले बताउनुभयो । तत्काल वर्षमा २ पटक र आगामी वर्षदेखि हरेक चौमासिकमा वडाबाट भत्ता वितरण गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ थियो ।
वडाध्यक्ष खगेन्द्र लिम्बूले आगामी दिनमा वडासम्म आउन नसक्ने सेवाग्राहीलाई टोलटोलमै पुगेर सेवा दिने बताउनुभयो ।

सामाजिक उत्तरदायित्वको भावना अनुसार वडा कार्यालयमै पुगेर सेवा प्रदान गरेको बैंकले जनाएको छ । भत्ता वितरणका लागि नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारी, नगर प्रहरी र नेपाल प्रहरीको टोली वारांगी पुगेको थियो ।

वडा नम्बर ७ मा सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राही २ सय ९६ जना रहेको नगरपालिकाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments