Friday, December 5, 2025
Homeअर्थसुन्दरहरैंचाका युवाले बनाएको नेपाली एप ‘कारोबार’ ले जित्यो प्रतिष्ठित वर्ल्ड समिट अवार्ड

सुन्दरहरैंचाका युवाले बनाएको नेपाली एप ‘कारोबार’ ले जित्यो प्रतिष्ठित वर्ल्ड समिट अवार्ड

गोठगाउँः सुन्दरहरैंचाका युवाले तीन वर्ष अघि विकास गरेको साना तथा मझौला आकारका पसल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी शुरु भएको नेपाली एप ‘कारोबार’ले अष्ट्रियाको प्रतिष्ठित वर्ल्ड समिट अवार्ड (डब्लुएसए) पुरस्कार पाएको छ ।

यो एपले डब्लुएसए अन्तर्गत योङ इनोभेटर्स अवार्ड २०२३ प्राप्त गरेको हो । २००३ देखि वितरण हुँदै आएको वर्ल्ड समिट अवार्ड हालसम्म ५५० कम्पनीले पाइसकेका छन् ।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण योगदान पु¥याउने डिजिटल समाधानलाई यो पुरस्कार दिँदै आइएको छ । २६ वर्ष मुनिका व्यक्तिले विकास गरेको उत्कृष्ट समाधानलाई योङ इनोभेटर्स अवार्ड दिइने गरिन्छ ।

बाइटकेयर सफ्टवेयर कम्पनीका संस्थापक एवं कारोबार एपका सञ्चालक समिर फुयालले यो अवार्डले करोबार एप अब डब्लूएसएको कम्युनिटीको हिस्सा भएको बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments