गोठगाउँः सामाजिक मिलन केन्द्र सुन्दरहरैंचाको अध्यक्षमा पुनः गंगाराम पोखरेल ‘शिवज’ चयन भएका छन् । केन्द्रको पहिलो साधारणसभाले तदर्थ समितिका अध्यक्षलाई नै तीन वर्षका लागि पुनः अध्यक्षमा चयन गरेको हो ।
आइतबार सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा भीमप्रसाद अधिकारी, सचिवमा रोहिणीप्रसाद कोइराला र कोषाध्यक्षमा मीना ओझा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा निर्मला फुयाल, दाताराम भट्टराई, धर्मानन्द खनाल, इन्द्रबहादुर मंग्राती र प्रेमबहादुर खड्का चयन भएका छन् ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा अर्जुन भण्डारी तथा सदस्यहरुमा खेमचन्द्र अधिकारी र राजेन्द्र पोखरेल चयन भएका छन् ।