Tuesday, December 24, 2024
Homeकला र साहित्यकेशु विरही लिखित ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक

केशु विरही लिखित ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक

काठमाडौंः पछिल्लो समय अनुसन्धानात्मक लेखनमा सक्रिय केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहास सार्वजनिक भएको छ ।

एपेक नेपालको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा विरहीको नवौँ कृति सार्वजनिक भएको हो । कार्यक्रमकी प्रमुख अतिथि बोल्दै प्रमुख अतिथि शहरी विकास मन्त्री सीता गुरुङले अनुसन्धानात्मक लेख्न निकै कठिन हुने बताउँदै तेह्रथुमको साहित्यिक इतिहासले तेह्रथुमलाई चिनाउन सहयोग गर्ने बताइन् ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले किताबमा तेह्रथुमको साहित्यिक इतिहासको फेहरिस्त भएको बताए । इतिहास लेखन कहिल्यै पनि पूर्ण नहुने बताउदै छुटेका कुरालाई थप्दै जानुपर्ने बताए । उनले पाठकलाई यस कृतिमा देखिएका कमीकमजोरीलाई आँैल्याइदिन पनि आग्रह गरे ।

नारी स्रष्टा समाज नेपालकी अध्यक्ष तथा साहित्यकार ममता मृदुलले कृतिले तेह्रथुमको साहित्यको मात्र नभएर त्यहाँ बस्ने मानिसको समेत सफा चित्र उतारेको बताइन् ।

मदन पुरस्कार विजेता भगिराज इङ्नामले कृतिले एउटा क्याटलगका रूपमा काम गरेको बताए । पाठकले आफूलाई के मन पर्छ त्यही यस पुस्तबाट छानेर पढ्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रमका सभापति तथा एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठले किताबको नामले नै धेरै कुरा बोलिसकेकाले अब समय मिलाएर चर्चा परिचर्चा कार्यक्रम राखिनुपर्ने पनि बताए ।

लेखक केशु विरहीले आफूले यो कृति लेख्न डेढ दशक समय खर्चेको बताए ।

कवि तथा गजलकार बाबु त्रिपाठीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments