इटहरीः कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ । फागुन १० गतेदेखि १४ गतेसम्म हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाई समेत प्राथमिकता दिइने क्यान सुनसरीका अध्यक्ष सन्देश राईले बताएका छन् ।
क्यान सुनसरीले छैटौं पटक इन्फोटेक आयोजना गर्न लागेको हो । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता सङ्गठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ । इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी जानकारी लिनुका साथै विभिन्न सामग्री, उपकरणहरू सुपथ मूल्यमा किन्न सकिने बताइएको छ ।
इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ ।