Monday, December 23, 2024
Homeफिचरदुई बीमा कम्पनीको लाभांश पाउन शेयरधनी बन्ने आज अन्तिम दिन

दुई बीमा कम्पनीको लाभांश पाउन शेयरधनी बन्ने आज अन्तिम दिन

विराटचोकः हिमालयन रिइन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । हिमालयनले साधारण सभा प्रयोजनको लागि भोलि र एशियन लाइफले सभा प्रयोजनका लागि फागुन ८ गते बुक क्लोज गर्दै छ ।

फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकोले शेयर कारोबार नहुने हुनाले एशियन लाइफको लाभांश पाउन शेयरधनी बन्ने दिन पनि आज नै अन्तिम हो ।

हिमालयनले आर्थिक वर्ष २०७९्८० को नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव २१ प्रतिशत नगद दिने भएको छ । सो लाभांश पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा हुने भएको छ ।

एशियन लाइफले गत वर्षको नाफाबाट ७ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ४ प्रतिशत नगद वितरण गर्ने भएको छ । सो लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा हुने भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments