काठमाडौंः नेपालमा अब दर्ता हुने क्यासिनोले अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर दुरी कायम गर्नुपर्ने भएको छ ।
प्रतिनिधिसभाबाट पारित भएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० ले पर्यटन ऐन–२०३५ मा संशोधन गरी ३ किलोमिटर टाढाको दूरीलाई ५ किलोमिटर टाढा बनाएको हो ।
क्यासिनो अब चारतारे र त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने छ । क्यासिनोले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्छ । संशोधित प्रावधान अनुसार नयाँ नियम सुरू हुनुअघि तीन किलोमिटर भित्र कानुन अनुसार इजाजत पत्र लिएकाको हकमा निरन्तर चलाउन पाइने भएको छ ।
नयाँ प्रावधान अनुसार अब एउटा कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालनको इजाजत पाउने छैन ।