Tuesday, December 24, 2024
Homeफिचरसुन्दरहरैँचामा अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर सम्पन्न

सुन्दरहरैँचामा अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर सम्पन्न

विराटचोकः माघ १३ गतेदेखि सुन्दरहरैँचा नगरपालिकाले सञ्चालन गरेको अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर सम्पन्न भएको छ ।

सो शिविरमा ४३ जनालाई परिचयपत्र वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सावित्रा खड्काले बताइन् । ७ जना ह्वील चेयर दिनुपर्ने अवस्थाका अपाङ्गता भएका व्यक्ति भेटिएका र ८ जना नागरिकता नपाएका व्यक्ति भेटिएको उनले बताइन् ।

समापन कार्यक्रममा वडाध्यक्ष कैलाश बस्नेत, सन्तोष लिङ्देन, कार्यपालिका सदस्य दुर्गा पोख्रेल, नगर अस्पतालका डाक्टर सन्दीप पोख्रेल, बौद्धिक अपाङ्गता संघ मोरङ अध्यक्ष उर्मिला सुवेदी, वडा सदस्य, कर्मचारी, अपाङ्गता क्षेत्रका व्यक्तिहरूलगायत उपस्थित थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments