गछियाः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकारले हिँडेर होइन उडेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । साजीलाल माध्यमिक विद्यालय सुन्दरहरैंचाको अभिभावक दिवसलाई सम्बोधन गर्दै कार्कीले त्यस्तो बताएका हुन् ।
मन्त्रिमण्डल बिस्तारको तयारीमा रहेका बेलामा उनले आफूलाई खाने फुर्सद पनि नभएको बताएका हुन् । बिहानैदेखि बैठकमा सहभागी हुनुपर्दा नुहाउन र खान पनि फुर्सद नभएको उनको भनाइ थियो ।
‘हतारहतार नुहाएर गाडीमै खाना खाँदैखाँदै म यो कार्यक्रममा आएँ । अब यहाँ पनि धेरै बेर बस्दिनँ । फेरि बैठकमा जानु छ । यो सरकारलाई हिँडेर होइन, उडेर काम गर्नुपर्ने अवस्था छ ।’
सोमबार मन्त्रिपरिषद् बिस्तार गर्ने योजना थियो । तर सबै दलबाट अन्तिम नाम नआएकाले उनले सोमबार मन्त्रिपरिषद् बिस्तार गरेनन् । शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार भएको छ ।
https://www.facebook.com/reel/360103976836684
पहिलो पटक विद्यालयको वार्षिकोत्सवमा पुगेका मुख्यमन्त्री कार्कीले के भने साजीलाल मावि सुन्दरहरैंचामा