Tuesday, December 24, 2024
Homeफिचरपहिलो पटक विद्यालयको वार्षिकोत्सवमा पुगेका मुख्यमन्त्री कार्कीले के भने साजीलाल मावि सुन्दरहरैंचामा

पहिलो पटक विद्यालयको वार्षिकोत्सवमा पुगेका मुख्यमन्त्री कार्कीले के भने साजीलाल मावि सुन्दरहरैंचामा

विराटचोकः मुख्यमन्त्री भएपछि पहिलो पटक विद्यालयको वार्षिकोत्सवमा पुगेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सामुदायिक विद्यालयले प्रदान गरिरहेको शिक्षाप्रति विरोध जनाएका छन् । सामुदायिक विद्यालयले शिक्षामा विभेद गरिरहेको उनले बताए । एउटै छानामुनि पढ्ने विद्यार्थीबीच अङ्ग्रेजी माध्यम र नेपाली माध्यममा अध्यापन गराएर सामुदायिक विद्यालयले विभेद निम्त्याइरहेको उनको भनाइ थियो ।

‘म पहिलो पटक विद्यालयको वार्षिकोत्सवमा आएको हुँ’, सम्बोधनको शुरुमै यसरी सम्बोधन गरेका मुख्यमन्त्री कार्कीले भने, ‘हामीले भवनमा मात्रै हेरिरहेका त छैनौँ । शिक्षालयलाई हेर्ने मेरो दृष्टिकोण फरक छ । त्यसमा तपाईँहरु रिसाउनुहुन्छ होला । एउटै विद्यालयको एउटै छानामा धनीले अङ्ग्रेजी माध्यममा र गरीबले नेपाली माध्यममा अध्यापन गराउँदा विद्यार्थीबीच विभेद शुरु भएको छ ।’ नेपाली माध्यमबाट पढ्ने विद्यार्थीले आफ्ना अभिभावक गरीब भएकाले अङ्ग्रेजी माध्यमबाट पढ्न नपाएको महसुस गर्ने र अङ्ग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीले नेपाली माध्यममा पढ्ने विद्यार्थीलाई त्यो गरीब भएकाले अङ्ग्रेजी माध्यमबाट पढ्न नपाएको भनेर खिसी गर्ने हुनाले विभेद निम्तिइरहेको उनले बताए ।

यस्तो विभेदकारी अध्यापन विधि भइरहे आफू मुख्यमन्त्री रहुञ्जेल सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा खर्च नगर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘पढाइ भनेको ज्ञान हो, सर्टिफिकेट होइन’, विद्यार्थीको हुटिङका बीच कार्कीले भने, ‘म पनि लास्ट बेन्चर हुँ । आज म मुख्यमन्त्री छु । पहिलो बेन्चमा बस्ने लोक सेवा पास गरेर खरदार र सुब्बा भए ।’ विद्यार्थीले कति नम्बर ल्यायो भनेर मूल्याङ्कन गर्ने भन्दा पनि के सिक्यो भनेर मूल्याङ्कन गर्नुपर्ने उनले औँल्याए ।

यस्तो छ उनले मुख्यमन्त्री कार्कीले दिएको अभिव्यक्तिः

https://fb.watch/q1OuoRPyHD/

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments