गोठगाउँः बिहीबार सुन्दरहरैंचाको वडा नम्बर ७ का ३० जना माओवादी नेता कार्यकर्ताले नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरेको प्रेस विज्ञप्ति सार्वजनिक भयो । तर ती ३० जनामध्ये पहिलो नम्बरमा नाम भएका पार्टीको मोरङ जिल्ला समन्वय समिति सदस्य निकास ढुङ्गानाले आफूले पार्टी परित्याग नगरेको बताएका छन् ।
आज दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूले पार्टी नछोडेको जनाउँदै नेतृत्वसँग बसी आफ्ना असहमतिका विषयमा छलफल गर्न पूर्ववत् जिम्मेवारीमा फर्कन अन्य नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
यस्तो छ उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिः
सुन्दरहरैंचाका ३० जना माओवादी नेता, कार्यकर्ताद्वारा पार्टी परित्याग