Wednesday, September 30, 2026
Homeसमाचार‘रन सुन्दरहरैंचा’सँगै बृहत् सरसफाइ, फुड फेस्टिभलको पूर्वसन्ध्यामा जुट्दै विराटचोक

‘रन सुन्दरहरैंचा’सँगै बृहत् सरसफाइ, फुड फेस्टिभलको पूर्वसन्ध्यामा जुट्दै विराटचोक

विराटचोकः सुन्दरहरैंचालाई स्वस्थ, स्वच्छ र समृद्ध नगरका रूपमा विकास गर्ने उद्देश्यसहित ‘रन सुन्दरहरैंचा’ र बृहत् सरसफाइ कार्यक्रम आयोजना हुने भएको छ। सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा सुन्दरहरैंचा फुड फेस्टिभल–२०८३ को पूर्वसन्ध्यामा यी कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

संघका असोज १५ गते बिहीबार बिहान ६ः३० बजे विराटचोकस्थित लायन्स स्तम्भ, दक्षिण लाइनबाट ‘रन सुन्दरहरैंचा’ सुरु हुनेछ। दौड विराटचोकबाट खोर्साने चोक, बाझघोडा हुँदै त्रिवेणीचोक पुगेर औद्योगिक प्रदर्शनी केन्द्रसम्म सञ्चालन हुने जनाइएको छ। संघले प्रत्येक महिनाको १५ गते नियमित रूपमा ‘रन सुन्दरहरैंचा’ सञ्चालन गर्ने जनाएको छ।

दौडसँगै सोही दिन बृहत् सरसफाइ कार्यक्रम पनि सञ्चालन गरिनेछ। बिहान ६ः३० देखि ९ः०० बजेसम्म हुने सरसफाइ अभियानको मुख्य क्षेत्र सुन्दरहरैंचा औद्योगिक प्रदर्शनी केन्द्र परिसर रहनेछ। संघले नगरलाई सफा, सुन्दर र वातावरणमैत्री बनाउन स्थानीय उद्योगी–व्यवसायी, नागरिक तथा सरोकारवालालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ।

अभियानमा सहभागी हुनेलाई ‘रन सुन्दरहरैंचा’को सेतो टी–सर्ट उपलब्ध गराइने संघले जनाएको छ। संघले ‘स्वस्थ शरीर, स्वच्छ मन, समृद्ध समाज’ भन्ने सन्देशसहित स्वास्थ्य, सरसफाइ र सामाजिक सहभागितालाई एउटै अभियानमा जोडेको हो।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले सुन्दरहरैंचालाई स्वच्छ, स्वस्थ र आकर्षक नगरका रूपमा स्थापित गर्न सबैको सहभागिता आवश्यक रहेको बताएका छन्। ‘स्वच्छ वातावरण, स्वस्थ समाज, समृद्ध सुन्दरहरैंचा’ भन्ने नारासहित अघि बढाइएको अभियानमा नगरवासीको सक्रिय सहभागिताले आगामी दिनमा हुने सुन्दरहरैंचा फुड फेस्टिभल–२०८३ लाई समेत थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments