Wednesday, September 30, 2026
Homeशिक्षा र स्वास्थ्यइन्द्रपुर स्वास्थ्य चौकीमा समुदायमा आधारित रोग निगरानीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

इन्द्रपुर स्वास्थ्य चौकीमा समुदायमा आधारित रोग निगरानीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ स्थित इन्द्रपुर स्वास्थ्य चौकीमा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

संक्रामक रोगहरूको सम्भावित प्रकोपलाई न्यूनीकरण गर्ने उद्देश्यले शुरु गरिएको समुदायमा आधारित रोग निगरानी प्रणालीबारे समुदायका सरोकारवालालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

युनिसेफ नेपालको प्राविधिक सहयोग तथा पीएचआरडी नेपालको प्रतिनिधित्वमा सुन्दरहरैँचा नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम सुन्दरहरैंचा नगरपालिका–१२ का वडाध्यक्ष रोशनप्रसाद ढकालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा समुदायका सरोकारवाला, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा इन्द्रपुर स्वास्थ्य चौकीका प्रमुख बद्री कोइरालाले समुदायमा आधारित रोग निगरानी प्रणाली, रोगको प्रारम्भिक पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायमा रिपोर्टिङ गर्ने प्रक्रियालगायत विषयमा सहजीकरण गर्नुभएको थियो ।

विशेषगरी एकैपटक धेरै व्यक्ति बिरामी परेमा, समुदायमा नौलो वा असामान्य रोग देखिएमा, पशुपंक्षीको अस्वाभाविक मृत्यु भएमा तथा ज्वरो, झाडापखाला, श्वासप्रश्वासलगायतका स्वास्थ्य समस्या व्यापक रूपमा देखिएमा तत्काल सम्बन्धित स्वास्थ्य निकायमा सूचना दिन आग्रह गरिएको छ ।

यस्ता घटनाको समयमै सूचना प्राप्त हुँदा सम्भावित संक्रामक रोगको प्रकोप पहिचान, निगरानी तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न सहज हुने बताइएको छ । समुदायस्तरबाटै स्वास्थ्यसम्बन्धी असामान्य घटनाको सूचना सङ्कलन गरी सम्बन्धित निकायसम्म पुर्याउने भएकाले रोगको सम्भावित जोखिम न्यूनीकरणमा प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments