Monday, September 28, 2026
Homeसमाचारसूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

विराटचोकः आज सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइन्छ । सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसंघको महासभाको ७४ औँ सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो । विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।

जुलाई २०११ मा संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिले सूचनामा पहुँचको अधिकार अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्सा हो भन्ने विषयलाई स्वीकार गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments