Wednesday, September 23, 2026
Homeखेलकुदपीएलओले विराटनगर किङ्सलाई प्रायोजन गर्ने, भयो दुवै पक्षबीच हस्ताक्षर

पीएलओले विराटनगर किङ्सलाई प्रायोजन गर्ने, भयो दुवै पक्षबीच हस्ताक्षर

विराटचोकः पूर्वाञ्चल ल्युब आयल (पीएलओ) आगामी नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि विराटनगर किङ्सलाई प्रायोजन गर्ने भएको छ । एनपीएलको तेस्रो सिजनका लागि पीएलओ र विराटनगर किङ्सबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रायोजक पीएलओद्वारा सञ्चालित मोरङको सुन्दरहरैंचा–९ स्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा दुवै पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा विराटनगर किङ्सका तर्फबाट स्वामित्वकर्तामध्येका सुयस प्याकुरेल र पीएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलालले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर समारोहमा विराटनगर किङ्सका खेलाडी प्रतिस जीसी र नारायण जोशीको पनि उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments