Wednesday, September 23, 2026
Homeअर्थनमूना बचतको २६ औँ वार्षिक साधारणसभामा ४१ जना ज्येष्ठ सदस्य सम्मानित

नमूना बचतको २६ औँ वार्षिक साधारणसभामा ४१ जना ज्येष्ठ सदस्य सम्मानित

लेटाङः लेटाङ ८ जाँतेस्थित नमूना बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाको अवसरमा ४१ जना ज्येष्ठ सदस्यसहित विभिन्न व्यक्तित्वहलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ज्येष्ठ सदस्यहरुको योगदानकै कारण संस्था यहाँसम्म आइपुगेकाले एकमुष्ट रुपमा ४१ जनालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले दोसल्ला ओढाएर विशेष उपहारसहित ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट दैनिक बचतकर्ता, कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने शेयर सदस्यका सन्तानलगायतलाई सम्मान गरिएको थियो ।

संस्थाको कार्यालय परिसरमा अध्यक्ष कुबेर पौडेलको अध्यक्षता तथा लेटाङ– ८ का वडाध्यक्ष भीमप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमका साथ साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभामा संस्थाका अध्यक्ष पौडेलले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लेटाङ– ८ का वडाध्यक्ष भीमप्रसाद पोखरेलले अग्रजहरुले सहकारी स्थापना गरेका कारण व्यापार व्यवसाय सञ्चालन गर्न तथा घर व्यवहार चलाउने पूँजी जुटाउन सहज भएको बताउनुभएको थियो ।

वडाध्यक्ष पोखरेलले लेटाङ ८ मा रहेका नमूना साकोस र पञ्चमुखी सकोसलाई एकीकरण गरेर जानुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा संस्थाका सचिव मनोरथ घिमिरेले संस्थाको वित्तीय अवस्था, संस्थाले प्रदान गर्दै आएको सेवा सुविधा र वर्षभरी सञ्चालन गरेका क्रियाकलापहरूबारे जानकारी दिनुभएको थियो ।

कोषाध्यक्ष सदानन्द निरौलाले आर्थिक वर्ष २०८३\०८४ का लागि प्रस्तावित बजेट तथा अनुमानित वासलात प्रस्तुत गर्नुभयो ।

लेखा तथा सुपरीवेक्षण समिति संयोजक मञ्जु बुर्जा मगरले प्रतिवेदन प्रस्तुत गर्दै आवश्यक सुझाव दिनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments