Monday, September 21, 2026
Homeकला र साहित्यअन्तरा म्युजिक सेन्टरको साङ्गीतिक कार्यक्रम भव्य, अतिथि दर्शकले गरे तारिफ

अन्तरा म्युजिक सेन्टरको साङ्गीतिक कार्यक्रम भव्य, अतिथि दर्शकले गरे तारिफ

बलियाः सुन्दरहरैंचा–४ बलियामा रहेको अन्तरा म्युजिक सेन्टरले प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार भव्य रूपमा साङ्गीतिक कार्यक्रम गरेको छ ।

सुन्दरहरैंचा–४ बलियास्थित ज्येष्ठ नागरिक समाजको सभाहलमा भएको कार्यक्रममा सो म्युजिक सेन्टरमा प्रशिक्षण लिएका प्रशिक्षार्थीले आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

सो सेन्टरकी सञ्चालक भूमा अधिकारीको उद्घोषणमा भएको कार्यक्रममा सञ्चालकद्वय शर्मिला सिग्देल र अधिकारीका साथै सो सेन्टरका प्रशिक्षार्थीको वाद्यवादनमा भएको साङ्गीतिक कार्यक्रमको उपस्थित सबैले प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा आरम्भ गुरागाईँ, अभिस सुवेदी, एल्सन कोइराला, रचित घिमिरे, रोशिका कालाखेती, सुभांसी, उर्जा, तिलाञ्जली सुवेदी तथा ज्येष्ठ नागरिकहरु नगेन्द्र कार्की र राजेन्द्र कोइरालाले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

म्युजिक सेन्टर सञ्चालक भूमा अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपस्थित महानुभावलाई सञ्चालक शर्मिला सिग्देलले शब्दमार्फत् स्वागत गर्नुभएको थियो ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कैलाश बस्नेतको प्रमुख आतिथ्यता र शिक्षाविद् रामकुमार कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार मनु मञ्जिल, सङ्गीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी, कलाकार कृष्ण नेपाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कलाकार कृष्ण नेपालले अन्तरा म्युजिक सेन्टरबाट प्रस्तुति दिएकामध्ये कनिष्ठ कलाकारलाई आगामी फागुनमा एक कार्यक्रमबीच ५ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने उद्घोष पनि गर्नुभएको थियो ।

कार्यक्रमका वक्ताले औपचारिक रुपमा तथा उपस्थित अधिकांश आगन्तुकले अनौपचारिक रुपमा अन्तराको कार्यको प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments