Saturday, September 19, 2026
Homeशिक्षा र स्वास्थ्यसृजनशील बाल क्लबको आयोजनामा भएको हाजिरीजवाफमा लभ्ली एन्जल्स पहिलो

सृजनशील बाल क्लबको आयोजनामा भएको हाजिरीजवाफमा लभ्ली एन्जल्स पहिलो

बाँसबारीः सुन्दरहरैँचा–५, बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा भएको ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा १२० अङ्कसहित सुन्दरहरैंचा–२ को लभ्ली एन्जल्स स्कुल पहिलो भएको छ ।

विद्यार्थीहरूमा रहेको ज्ञान, सिर्जनात्मक क्षमता, तार्किक सोच तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो, ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो र ८० अङ्कसहित शिशिर एकेडेमीले सान्त्वना पुरस्कार पाएका छन् ।

ती विद्यालयलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीमा रहेको ज्ञान र प्रतिभालाई प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।

प्रतियोगितामा मोरङ र सुनसरीका २६ विद्यालयका विद्यार्थीह सहभागी थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments