Saturday, September 19, 2026
Homeखेलकुदतरहरामा भएको आर्म रेस्लिङ प्रतियोगितामा मौसम लिम्बू बने विजेता

तरहरामा भएको आर्म रेस्लिङ प्रतियोगितामा मौसम लिम्बू बने विजेता

इटहरीः लागूऔषधविरुद्ध चेतना फैलाउँदै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले तरहरा स्पोर्ट्स क्लब इटहरी–२० को आयोजनामा ‘तरहरा आर्म रेस्लिङ कम्पिटिसन’ सम्पन्न भएको छ ।

इटहरी–२० स्थित तरहरा साझा लाइनको रिजन होटल बाँसघारी कटेजमा भएको प्रतियोगिताले युवाहरूलाई कुलतबाट टाढा राख्दै स्वस्थ तथा सकारात्मक गतिविधिमा जोड्न सहयोग पुगेको आयोजकले विश्वास लिएको जनाएको छ ।

तरहरा स्पोट्र्स क्लबका अध्यक्ष विभश विष्ट (राजा)को अध्यक्षतामा भएको कार्यक्रममा धरान एकता समाजका संस्थापक संरक्षक तथा नेपाली कांग्रेसका युवा नेता सन्दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा नेपाली कांग्रेसका नेता तथा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, उद्धार सुधार केन्द्रका सञ्चालक खगेन्द्र क्षेत्रीलगायतको उपस्थिति थियो ।

सो प्रतियोगितामा ६० केजी, ७० केजी, ८० केजी र ८० केजीभन्दा माथिका गरी चार विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ७ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

६० केजीतर्फ मण्डिप राई प्रथम, करण सोरेन द्वितीय र शरण चौधरी तृतीय भए । ७० केजीतर्फ सुदीप तामाङ प्रथम, संयोग राउत द्वितीय र मोहित कुमार तृतीय भए ।

८० केजीतर्फ मौसम लिम्बू प्रथम, दुर्गा श्रेष्ठ द्वितीय र रोशन न्यौपाने तृतीय भए । ८० केजीभन्दा माथिको विधामा प्रमिश बिष्ट प्रथम, पंकज शाह द्वितीय र युदिन लिम्बू तृतीय भए ।

प्रतियोगिताको विजेता मौसम लिम्बू बनेका छन् । उनले थप ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

लक्की ड्रमार्फत् १० जना विजेतालाई आक्वा वेभको निःशुल्क स्वीमिङ टिकट पनि प्रदान गरिएको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments