विराटचोकः वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।
असोज महिनाका लागि बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशतविन्दुमा झरेको छ । भदौमा बैंकहरुको औसत ब्याजदर ४.१३६ प्रतिशतविबन्दु थियो ।
कुन बैंकमा कति पाइन्छ ब्याज ?
एनआईशी एशिया बैंकमा भदौकै ब्याजदर
एनआईसी एशिया बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बैंकले संशोधन गरेन ब्याजदर
नेपाल बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.१५ प्रतिशत र संस्थागत तर्फको ३.५ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रभु बैंकको पनि स्थिर
प्रभु बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
घटाउनेमा पर्याे एभरेष्ट बैंक
एभरेष्ट बैंकले असोज महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ३.५ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.०५ र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर दिएको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंकमा व्यक्तिगतको स्थिर, संस्थागतमा घट्यो
सिटिजन्स इन्टरनेशनल बैंकले असोज महिनाका व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.८५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर तोकेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.८५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर दिएको थियो ।
सानिमा बैंकले बढायो
सानिमा बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याज दिने भएको छ ।
ग्लोबल आइएमई बैंक
बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागतर्फ २.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ३.७६ र संस्थागतर्फ ३.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एनएमबी बैंक
बैंकले ब्याजदर स्थिर राखेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिएको थियो । असोज महिनामा पनि सोही ब्याजदरलाई निरन्तरता दिएको हो ।
हिमालयन बैंक
हिमालयन बैंकले पनि भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
कृषि विकास बैंक
बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कुमारी बैंक
कुमारी बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.७३ संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले भदौ महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.७६ संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ३.७५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ३.८ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याज दिएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ४ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर दिने भएको छ ।
नबिल बैंक
नबिल बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले भदौ महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ ।





