Thursday, September 17, 2026
Homeकला र साहित्यवराहक्षेत्र– ९ मा बालदिवसको अवसरमा वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

वराहक्षेत्र– ९ मा बालदिवसको अवसरमा वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

वराहक्षेत्रः राष्ट्रिय बाल दिवसको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ९ ले वडास्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

“बालमैत्री स्थानीय शासन, समृद्ध बालबालिका, उज्ज्वल भविष्य” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त प्रतियोगितामा वडाका जनप्रतिनिधि, वडा सचिव, वडा बाल सहजकर्ता, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

बालमैत्री स्थानीय शासन निर्माण तथा बालबालिकामा रहेको रचनात्मक क्षमताको उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वडाभित्रका बाल सञ्जालमा आबद्ध तथा टोल बाल समूहमा आबद्ध गरी २२ जना बालबालिकाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा कौशिला चन्द्रवंशीले प्रथम स्थान हासिल गर्नुभएको थियो । इशान लिम्बूले द्वितीय र एलिस चौधरीले तृतीय स्थान हासिल गर्नुभएको थियो । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बालबालिकालाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गर्नुका सबै सहभागीलाई शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको छ ।

बालबालिकामा भएको प्रतिभा प्रस्फुटन होस् र सिर्जनात्मक तथा कलात्मक क्षमताको विकास होस् भन्ने उद्देश्यले बाल दिवसको अवसरमा चित्रकला प्रतियोगिता आयोजना गरिएको आयोजक वडा नम्बर ९ को कार्यालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments