विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा संखुवासभा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा ठूलो वर्षा भएको छ ।
महाशाखाका अनससार यी क्षेत्रमा अति भारी वर्षासम्म भएको छ । सबैभन्दा धेरै वर्षा संखुवासभाको ‘टाँसी गाउँ स्नो’ केन्द्रमा भएको छ । मंगलबार राति ८ बजेदेखि बुधबार बिहान साढे ७ बजेसम्मको अवधिमा मात्रै सो स्थानमा २८० मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टाको अवधिमा २९० मिलिमिटर वर्षा भएको छ ।
हिमाली स्टेशन टाँसी गाउँमा हिजो पनि भारी वर्षा मापन भएको थियो । मौसम विज्ञानका अनुसार २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन हुनु नै अति भारी वर्षा हुनु हो ।
केही दिनदेखि टाँसी गाउँमा ठूलो वर्षा भइरहे पनि बाढीपहिरोको समस्या भने नदेखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत २४ घण्टामा तनहुँको थाप्रेक केद्रमा १६३.२, स्याङ्जामा १२७.६, गोरखामा ९३, तनहुँकै श्याम्घामा ८६.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।





