Monday, September 14, 2026
Homeसमाचारनवीकरण नगर्ने लेखापढी व्यवसायीलाई काम गर्न रोक लगाउन अदालतको निर्देशन

नवीकरण नगर्ने लेखापढी व्यवसायीलाई काम गर्न रोक लगाउन अदालतको निर्देशन

इनरुवाः सुनसरी जिल्ला अदालतले पाँच वर्ष अवधि पूरा भइसकेका लेखापढी व्यवसायीलाई प्रमाणपत्र नवीकरण गर्न आग्रह गर्दै नवीकरण नगरेका व्यवसायीलाई लेखापढीसम्बन्धी काम गर्न रोक लगाउन सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरेको छ ।

सुनसरी जिल्ला अदालत इनरूवाको प्रशासन फाँटले जिल्ला प्रशासन कार्यालय इनरूवा, जिल्ला प्रहरी कार्यालय इनरूवा, भूमि प्रशासन कार्यालय इनरूवा , यातायात कार्यालय इटहरी, सुनसरी जिल्ला अदालत बार इकाइ तथा लेखापढी व्यवसायी संघ सुनसरीलाई पत्र पठाउँदै यस्तो अनुरोध गरेको हो ।

अदालतका श्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाद्वारा हस्ताक्षरित पत्रमा लेखापढी व्यवसायीसम्बन्धी नियमावली, २०५१ को मिति २०८३ बैशाख १० मा संशोधित दफा २७ (३) बमोजिम पाँच वर्ष अवधि नाघेका लेखापढी व्यवसायीले प्रमाणपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ ।

नियमावली लागू हुनुअघि नै लेखापढी व्यवसायीको प्रमाणपत्र लिएका व्यक्तिले प्रमाणपत्र प्राप्त गरेको पाँच वर्ष पूरा भएपछि थप छ महिनाभित्र प्रमाणपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको अदालतले जनाएको छ ।

अदालतका अनुसार २०८३ साल असोज १० गतेसम्म पाँच वर्ष छ महिना अवधि पूरा भइसकेका तर प्रमाणपत्र नवीकरण नगरेका लेखापढी व्यवसायीलाई कुनै पनि कार्यालयमा लेखापढी व्यवसाय गर्न रोक लगाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

मौलिकता हराउँदै गएको तीज

तीज

आज तीजकाे मुख्य दिन

Recent Comments