Sunday, September 13, 2026
Homeअर्थसुनचाँदीतीजअघिको सातामा साढे ६ हजार घट्यो सुनको मूल्य

तीजअघिको सातामा साढे ६ हजार घट्यो सुनको मूल्य

विराटचोकः गहना प्रदर्शन गरिने पर्वको रुपमा परिचित तीजको पूर्वसन्ध्यामा गत साता सुनको मूल्य ६ हजार ४०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ २० गते शनिबार नेपाली बजारमा सुनको मूल्य ३ लाख ७ हजार ४०० रुपैयाँ रहेकोमा अन्तिम दिन शुक्रबार सुनको मूल्य ६ हजार ४०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा झरेको हो ।

महासंघका अनुसार भदौ २१ गते आइतबार अघिल्लो दिनको तुलनामा ३ हजार १०० रुपैयाँले सुनको मूल्य घटेर ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । भदौ २२ गते सोमबार पनि सुनको मूल्य २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

भदौ २३ गते मंगलबार भने सुनको मूल्य ३ हजार ५०० रुपैयाँले बढेर ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । भदौ २४ गते बुधबार तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

भदौ २५ गते बिहीबार तोलामा ३ हजार ४०० रुपैयाँले बढेर ३ लाख ५ हजार ८०० रुपैयाँमा कारबोर भएको थियो । भदौ २६ गते शुक्रबार ४ हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments