काठमाडौंः नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको छ । असोज १६ गतेदेखि १९ सम्म हुने केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ ।
बन्दसत्र पनि खुलामञ्चमै हुने सम्भावना रहेको बताइएको छ । चुनावी कार्यक्रम स्थलबारे भने निर्णय हुन बाँकी रहेको जनाइएको छ । कांग्रेसले मंगलबारमात्रै १५ औं महाधिवेशनका लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र लेखेको थियो ।





