लेटाङः पथरी– जाँते– ज्यामिरे सडकखण्डको रुख हटाउने विषयमा लेटाङ नगरपालिकाले पहल थालेको छ । सो सडक पुरानै सडक भएको प्रमाण पेश गर्नुपर्ने र त्यसका लागि तत्कालीन जाँते गाविस हुँदा जिल्ला विकास समितिबाट विनियोजित बजेटबाट काम गरिएको भन्ने प्रमाण चाहिने भनिएपछि लेटाङ नगरपालिकाले त्यस्ता कागजपत्र सङ्कलन शुरु गरेको हो ।
कागजात सङ्कलनपश्चात जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईसहितको टोलीलाई जाँतेमा बोलाएर सर्जिमिन गरी प्रक्रिया अघि बढाइएको हो । अब ती कागजपत्र वन मन्त्रलयामा पेश गरेपछि रुख हटाउने प्रक्रिया अघि बढ्ने बताइएको छ ।
सो सडकको रुख नहटाउँदा जाँते पथरी सडकखण्डको केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ ।