Tuesday, December 24, 2024
Homeअर्थभ्रष्टाचार सूचकाङ्कमा नेपाल १०८ औं स्थानमा, यी हुन् सबैभन्दा कम र सबैभन्दा...

भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०८ औं स्थानमा, यी हुन् सबैभन्दा कम र सबैभन्दा बढी भ्रष्टाचार हुने देशहरु

विराटचोकः ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२३ मा १०० मा ३५ अङ्क पाएर नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८ औं स्थानमा परेको छ । अघिल्लो वर्ष अर्थात सन् २०२२ मा नेपाल ३४ अङ्क पाएर ११० औं स्थानमा रहेको थियो ।

सीपीआईले विश्वका १८० वटा देशहरुको सार्वजनिक क्षेत्रमा रहेको भ्रष्टाचारको स्तरलाई मापन गर्छ । मापन गरिएको परिमाणलाई ० (अत्याधिक भ्रष्ट) देखि १०० (धेरै स्वच्छ) को स्केलमा प्रस्तुत गरिन्छ । कम भ्रष्टाचार हुने मुलुकमा ९० अङ्कसहित डेनमार्क पहिलो स्थानमा छ । सूचीको अन्तिम स्थानमा अर्थात सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको छ । उसले ११ अङ्क मात्र पाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments