Tuesday, December 24, 2024
Homeफिचरकाँकरभिट्टा–लौकही सडक स्तरोन्नति हुँदा ११ हजार पाँच सय १३ रुख काटिने

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति हुँदा ११ हजार पाँच सय १३ रुख काटिने

सुन्दरहरैंचाः तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम शुरु हुने भएको छ ।

एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एशियन हाइवे मापदण्डको बन्ने र जम्मा लागत २८ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

हाल काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।

काँकरभिट्टा––लौकही सडक आयोजना इटहरी कार्यालयका अनुसार सडक क्षेत्रबाट ३५ मिटर क्षेत्रभित्र पर्ने रुखमात्र काटिने र काटिएका रुखको दश गुणा बढी बिरुवा रोपिनेछ ।

डिभिजन वन कार्यालय मोरङका अनुसार मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रमा ५ हजार ५ सय ५६ वटा रुख पर्छन् । मोरङ खण्डका मङ्गलबारे, पथरी, कानेपोखरी, बेलबारी र सलकपुर सवडिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुखमा छाप लगाउने काम (छपान) गरिरहेका छन् ।

काँकरभिट्टाबाट दमकसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले र दमकबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्ने भएको छ । सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाएको छ ।

बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ । सडक क्षेत्रमा रहेका चार सय चार वटा अस्थायी संरचना हटाउनु पर्नेछ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको एकै पटक काम शुरु हुनेछ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments