Tuesday, December 24, 2024
Homeफिचरताङ्खुवा, तेलिया र परेवादिनमा तमोरको पानी लिफ्टिङ सिस्टमबाट लगिँदै

ताङ्खुवा, तेलिया र परेवादिनमा तमोरको पानी लिफ्टिङ सिस्टमबाट लगिँदै

धनकुटाः खानेपानीको अभाव भोगिरहेका धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ ।

जोरपाटी बृहत् खानेपानी आयोजना अन्तर्गत ताङ्खुवा, तेलिया र परेवादिनमा खानेपानी लगिने भएको हो । खानेपानीको समस्याका कारण ती वडाबाट बसाइँ सर्नेको सङ्ख्या बढ्न थालेपछि तमोरको पानी तान्ने योजना बनाइएको हो ।

सङ्घीय सरकारको १६ करोड २३ लाख रुपैयाँको लागतमा तमोर नदीबाट उत्तर–पश्चिम १४ किमी खानेपानी लिफ्टिङ पूर्वाधारको काम भइरहेको छ । उक्त खानेपानी आयोजनाबाट १ हजार २९५ घरधुरी लाभान्वित हुने बताइएको छ । गत वर्षको माघदेखि २ वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले आयोजनाको ठेक्का पाएको छ । हालसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको ठेकेदार कम्पनीले जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments