विराटचोकः साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ ।
आज नेप्से परिसूचक ४ दशमलव ९२ अंक अर्थात् ० दशमलव २३ प्रतिशतले बढेर २ हजार ९० दशमलव ६४ बिन्दुमा पुगेको छ ।
आज ३१३ वटा कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर ६५ हजार ४६५ पटक किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा उपसूचकमध्ये ७ वटामा हरियाली छाउँदा होटल उपसूचक सबैभन्दा धेरै १ दशमलव ५० प्रतिशतले बढेको छ । अन्य उपसमूह सबैभन्दा धेरै १ दशमलव ५३ प्रतिशतले घटेको छ ।
आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै २४ करोड ८२ लाख ६८ हजार ३८ रुपैयाँको शेयर किनबेच भएको छ । रिलायबल नेपाल लाइफ, ङादी ग्रुप पावर, हाथवे इन्भेष्टमेन्ट र सोनापुर मिनरल्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाईड्रोपावर, इस्टर्न हाईड्रोपावर र एशियन हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढेको बजारमा युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक अर्थात ५ दशमलव २५ प्रतिशतले तल झरेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ८६ अर्ब ३० करोड ८४ लाख ८९ हजार ९४५ रुपैयाँ निर्धारण भएको छ ।