विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला २ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य प्रति तोला ३५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य आज प्रतितोला ४ हजार ६९० रुपैयाँ निर्धारण भएको छ ।





