काठमाडौंः गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको आवाजमा तीजको अवसर पारेर गाइएको गीत ‘अब त लाहुरे आउँछ भनेर….’ सार्वजनिक भएको छ ।
गायक पाठककै लय रहेको उक्त गीत गायक पाठक र विक्रम अधिकारीले रचना गर्नुभएको हो । यमन खनाल युट्युब च्यानलमार्फत् विश्व बजारमा आएको उक्त गीतमा यमन खनाल, जुना कार्की, सन्दीप मगर र रिया सुनारको मुख्य अभिनय रहेको छ ।
गीतको सङ्गीत संयोजक कृष्ण केसीको रहेको छ । गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिन्न हेमराज डाङीको रहेको छ ।
परदेश गएको लाहुरे चाडबाडमा घर फर्कने आश गरेर बसेकी लाहुरेनी र बिदा मिलाएर घर आउने लाहुरेको प्रतिबद्धता झल्किने गीत महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गायक पाठकले जानकारी दिनुभयो ।





