Monday, September 7, 2026
Homeसमाजबाढीपीडितका लागि इन्द्रपुर जेसीजद्वारा ५१ हजार रुपैयाँ सहयोग

बाढीपीडितका लागि इन्द्रपुर जेसीजद्वारा ५१ हजार रुपैयाँ सहयोग

विराटचोकः भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण भएको जनधनको क्षतिमा मानवीय सहयोग गर्ने कार्यअनुरुप इन्द्रपुर जेसीजले ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

जेसीजले नियमित रूपमा प्रत्येक वर्ष आयोजना गर्दै आएको “तीज विशेष कार्यक्रम” यस वर्ष आयोजना नगर्ने निर्णय गरेको पनि जनाएको छ । तीज कार्यक्रमका लागि छुट्याइएको रकम नेपाल जेसीजको नेतृत्वमा सञ्चालित “राहत सङ्कलन अभियान–२०२६” अन्तर्गत सहयोग गर्ने निर्णय जेसीजले गरेको हो ।

इन्द्रपुर जेसीजले विपदमा परी दिवङ्गत भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना तथा हराइरहेका व्यक्तिहरूको सकुशल खोजी तथा पहिचान हुन सकोस् भन्ने कामना पनि गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments