Saturday, September 5, 2026
Homeशिक्षा र स्वास्थ्यबाढीपीडित क्षेत्रमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

बाढीपीडित क्षेत्रमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंः काठमाडौं मेडिकल कलेज (केएमसी) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनीलकुमार शर्माको पहलमा विदुर नगरपालिका–५, पीपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा सञ्चालन गरिएको शिविरमा केएमसीका वरिष्ठ चिकित्सकको टोलीले बाढी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो ।

शिविरमा आएका बिरामीको स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यकताअनुसार औषधि वितरण गरिएको केएमसीले जनाएको छ । थप उपचार आवश्यक देखिएका बिरामीलाई अस्पतालमा ल्याएर उपचार गराउने गरी रिफर गर्ने व्यवस्था पनि गरिएको थियो ।

बाढीका कारण घरबार, सम्पत्ति र आम्दानीको स्रोत गुमाएका नागरिकमाथि उपचारको थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमै पुगेर शिविर सञ्चालन गरिएको केएमसीले जनाएको छ । तत्काल उपचार आवश्यक भएका बिरामीलाई शिविरमै उपचार गर्नुका साथै जटिल स्वास्थ्य समस्या देखिएका बिरामीलाई थप उपचारका लागि अस्पताल ल्याउने व्यवस्था गरिएको थियो ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि केएमसीले आवश्यक उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको छ । प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नु सोही अभियानको निरन्तरता भएको अस्पतालले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments