इटहरीः लघुउद्यम टोल विकास सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभाबाट राजेन्द्रकेशरी घिमिरे पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
नयाँ कार्यसमितिले सहकारीको वित्तीय तथा संस्थागत सुदृढीकरणसँगै सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा केन्द्रित भएर अघि बढ्ने जनाएको छ ।
संस्थाले आगामी दिनमा सहकारीका सदस्यलाई केन्द्रमा राख्दै सेवा विस्तार, संस्थागत सुशासन र पारदर्शितालाई प्राथमिकता दिने जनाएको छ ।
सहकारीले बाढीपीडितलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।





