Thursday, September 3, 2026
Homeकला र साहित्यनवनियुक्त राज्यमन्त्री सपना परियारलाई सङ्गीत साधना प्रतिष्ठानद्वारा स्वागत

नवनियुक्त राज्यमन्त्री सपना परियारलाई सङ्गीत साधना प्रतिष्ठानद्वारा स्वागत

इटहरीः कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नवनियुक्त इटहरी निवासी सपना परियारलाई सङ्गीत साधना प्रतिष्ठान इटहरीले स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ ।

मङ्गलबार आयोजित कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार तथा सङ्गीत क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नवनियुक्त राज्यमन्त्री परियारलाई सफल कार्यकालको शुभकामना दिँदै बधाई तथा सम्मान गरिएको थियो । प्रतिष्ठानले राज्यमन्त्री परियारको कार्यकालमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकासले थप गति लिने विश्वास व्यक्त गरेको छ ।

कार्यक्रममा राज्यमन्त्री परियारले आफूलाई गरिएको स्वागत तथा सम्मानप्रति आभार व्यक्त गर्दै प्रदेशको विकास र जनताको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments