Wednesday, September 2, 2026
Homeसमाचाररसुवा बाढीबारे विशेष प्रस्ताव पारित गर्याे राष्ट्रिय सभाले

रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गर्याे राष्ट्रिय सभाले

काठमाडौंः आज बसेको राष्ट्रिय सभा बैठकले रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्दा सभाले सर्वसम्मत पारित गरेको हो । यही भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ ।

विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेको छ । घाइतेहरूको निशुःल्क उपचार गराउन आग्रह गरिएको छ । वैज्ञानिक रुपमा शव व्यवस्थापन गर्न भनिएको छ ।

भौतिक संरचनाको पुर्ननिर्माणका लागि तहगत सरकारहरूबीच समन्वय गर्न आग्रह गरिएको छ । स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तराष्ट्रियलाई सहयोगका लागि अपिल गरिएको छ ।

विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न र भविष्यमा आउन सक्ने यस्ता विपद्को पूर्वतयारीको काम अघि बढाउन आग्रह गरिएको छ ।

बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले श्रद्धाञ्जली अर्पण गरेको छ । शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments