Wednesday, September 2, 2026
Homeसमाचारबाढीमा परी मृत्यु भएकामध्ये काठमाडौं ल्याइएका ११४ शवमध्ये १३ को मात्रै सनाखत,...

बाढीमा परी मृत्यु भएकामध्ये काठमाडौं ल्याइएका ११४ शवमध्ये १३ को मात्रै सनाखत, ४६ शव गोकर्णमा गरियो व्यवस्थापन

काठमाडौंः भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट पोस्टमार्टमका लागि काठमाडौं ल्याइएका ११४ शवमध्ये हालसम्म १३ जनाको मात्रै सनाखत भएको छ ।

रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रबाट संकलन गरिएका शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको थियो । काठमाडौँ प्रहरीका अनुसार पहिचान खुलेका १३ मध्ये १२ शव परिवारले बुझेर अन्त्येष्टि गरिसकेका छन् ।

पहिचान हुन नसकेका शवमध्ये ४६ वटालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जङ्गल क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । स्थानीय प्रशासनको निर्णयपछि ती शवलाई आवश्यक कानुनी तथा फरेन्सिक प्रक्रिया पूरा गरेर व्यवस्थापन गरिएको जनाइएको छ ।

व्यवस्थापन गर्नुअघि प्रत्येक शव तथा प्राप्त अवशेषबाट डीएनए नमूना सङ्कलन गरिएको छ । सम्भव भएसम्म फिंगरप्रिन्ट र आवश्यक तस्बिरसमेत सुरक्षित राखिएको प्रशासनले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments