Thursday, August 20, 2026
Homeकला र साहित्यसङ्गीतकार संघ नेपालद्वारा इटहरीका सङ्गीत साधक राजु केसी सम्मानित

सङ्गीतकार संघ नेपालद्वारा इटहरीका सङ्गीत साधक राजु केसी सम्मानित

इटहरीः सङ्गीतकार संघ नेपालले इटहरीका सङ्गीत साधक तथा सङ्गीत अभियानकर्मी राजु केसीलाई ‘सङ्गीतकार विशेष सम्मान–२०८३’ प्रदान गरेको छ ।

संघको कार्यालयमा प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले केसीको योगदानको कदर गर्दै सम्मान–पत्रसहित सम्मान गर्नुभएको थियो ।

सचेतक परियारले नेपाली सङ्गीतका साधक तथा स्रष्टाको अधिकार, हकहित र राज्यबाट पाउनुपर्ने उचित सम्मान सुनिश्चित गर्न आवश्यक ऐन, कानुन तथा नीतिगत व्यवस्थाका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले नेपाली कला, सङ्गीत र संस्कृतिको संरक्षण, प्रवद्र्धक तथा सर्जकका सिर्जनाको अभिलेखीकरण आवश्यक रहेको बताउनुभयो । कला, संस्कृति र सङ्गीतको समृद्धिबिना समाजको चेतना र समग्र विकास पूर्ण हुन नसक्ने उहाँको भनाई थियो ।

संघका अध्यक्ष अष्ट लामाको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारी, सङ्गीतकर्मी तथा कला–संस्कृति क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments