Monday, August 17, 2026
Homeकला र साहित्य‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि खोटाङकी सुवासना खड्कालाई

‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि खोटाङकी सुवासना खड्कालाई

काठमाडौंः टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि खोटाङकी सुवासना खड्काले जितेकी छिन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् ।

ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोकाले अन्तिम चरणमा प्रस्तुति दिएका थिए ।

प्रतियोगिताको उपाधि जितेसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments